Rule 22
काम कारवाही रोक्का राख्न सक्ने
(१) निरीक्षकले ऐनको दफा ८ बमोजिम जाँचबुझको सिलसिलामा ऐन वा यस नियमावली विपरीत भए गरेको कुनै काम कारवाई तुरुन्त रोक्का गर्नु पर्ने भएमा सम्भव भएसम्म मन्त्रालयको अनुमति लिई रोक्का गर्नु पर्नेछ र त्यसरी
अनुमति लिन सम्भव नभएमा त्यस्तो काम कारवाई रोक्का राखी सो कुराको जानकारी यथाशक्य छिटो मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले कुनै काम कारवाही रोक्का राख्नु परेको वा राखेको जानकारी प्राप्त भएमा मन्त्रालयले सो सम्बन्धमा तुरुन्त जाँचबुझ गर्न लगाई उपयुक्त आदेश दिनु पर्नेछ ।